धादिङको विशालटारमा बस दुर्घटना, ३१ जना घाइते, ४ गम्भीर | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

मलेखु, २७ भदौ । काठमाडौँबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको यात्रुबाहक बस मंगलबार बिहान धादिङको विशालटारमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।

धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारको मोडमा लु २ ख ६६३० नंको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए।

४४ जना यात्रु लिएर हिँडेको बस तीव्रगतिका कारण मोडबाट तल खसेको थियो। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल पठाइएको छ।

बाँकीको मलेखुमा रहेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । १३ जना यात्रु भने सकुशल छन्।