त्रिशूलीमा बस खस्दा ३ जनाको मृत्यु, १४ भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

त्रिशूलीमा बस खस्दा ३ जनाको मृत्यु, १४ भन्दा बढी घाइते

accident

काठमाडौं, २४ साउन । सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना भएको छ ।

दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १४ भन्दा बढी घाइते भएका छन् । ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर त्रिशूलीमा खसेको हो । धादिङमा कार्यरत नेपाल प्रहरीका एसपी राजकुमार बैदवारले दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । एसपी बैदवारका अनुसार, मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई उद्धार गरी उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । करिब ३८ यात्रु सवार बस सडकबाट अन्दाजी २ सय मिटर तल त्रिशूली नदीमा खसेको हो । एसपी बैदवारले दुर्घटनाको कारण नखुलेको र यसबारे थप अनुसन्धान भइहेको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);