Our Network

मंसिर १४ २०७८, मंगलबार

त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते (अपडेट)

काठमाडौं, ५ जेठ । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको  छ ।

दुर्घटनामा २५ जना घाइते भएका छन् । ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशूली नदीमा खसेको थियो । बसको केही भाग नदीमा डुबेको छ । दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको शव बाहिर निकालिएको र एक जनाको शव पानीमै रहेको प्रदेश नम्बर ३ का प्रहरी प्रमुख डिआईजी दीपक थापाले जानकारी दिनुभएको छ ।

दुर्घटनामा घाइते भएका २५ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्यको गजुरी, आदमघाट र गल्छीका अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइतेको परिचय खुलेको छैन ।