हत्या, हिंसा तथा बलात्कार: गत सालको भन्दा दोब्बर बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

हत्या, हिंसा तथा बलात्कार: गत सालको भन्दा दोब्बर बृद्धि

raj subedi

काठमाडौं, ५ जेठ । नेपाल प्रहरीको पछिल्लो अध्ययनले हत्या, हिंसा तथा बलात्कारजन्य घटना उल्लेख्य सख्यामा बढ्दै गएको देखाएको छ ।

आईतबार राजधानीमा आयेजित समुदाय–प्रहरी साझेदारी विषयक अन्तरक्रिया कार्यक्रममा महानगरिय प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले यस्तो बताउनुभएको हो । उहाँले गाँजा चरेस सेवन लगायत सामाजिक विकृति, समाजिक सञ्जालको बढ्दो दुरुपयोग लगायत कारणले हिंसाजन्य घटनामा वृद्धि गरेको बताउनुभयो । सुबेदीले हत्या, हिंसा र बलात्कारका घटना गत सालको भन्दा दोब्बर बृद्धि भएको बताउनुभयो । उहाँले निर्मला पन्त प्रकरण पछि नागरिक समाज, अधिकारका क्षेत्रमा काम गर्ने लगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भईरहेको भएपनि त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतिको विषय बनेको बताउनुभयो ।

सुबेदीले पछिल्लो समय पेशेवर अपराधीबाट हुने अपराध भन्दा सामाजिक विकृतिको कारणले श्रृजित अपराध बढेको बताउनुभयो । सुबेदीले शान्ति सुरक्षा स्थापनाका लागि प्रहरी एक्लैले मात्रै केही गर्न नसक्ने भन्दै अपराधको प्रकृति र प्रवृत्ति हेरेर समुदायमा आधारित कार्यक्रम मार्फत जनचेतना फैलाउने काममा सहयोग गर्न सबै वर्ग र समुदायलाई आव्हान गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);