कास्कीमा हुने गरेका अधिकांश घटनाको मुख्य कारण लागुऔषध | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

कास्कीमा हुने गरेका अधिकांश घटनाको मुख्य कारण लागुऔषध

laguousadh

कास्की, ७ असार । कास्कीमा गत ३ वर्षको अपराध तथ्याङ्क हेर्दा सबै भन्दा बढि लागुऔषध कारोबार भएको देखिएको छ । जिल्लामा लागुऔषधको साथै महिला हिंसाका घटना समेत अग्रस्थानमा रहेको छ । लागूऔषधको कारोबार बढ्दै हिंसाको घटना बढेपछि कास्कीवासी चिन्तित भएका छन् । भरपर्दाे सुरक्षा व्यवस्थाको माग गरेका छन् ।

नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्त राख्नको लागी ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेर कार्यक्रम अगाडि बढाएको हो ।

तर कास्की जिल्लामा भने हत्या, हिंसा, चोरी लगायतका घटनामा कमि नआएको स्थानीयको गुनासो छ । जिल्लामा हुने गरेका अधिकांश घटनाहरु लागुऔषधकै कारण भएकोले यसलाई नियन्त्रण गर्न स्थानीयले आग्रह गरेका छन् ।

त्यस्तै महिला हिंसाका घटनामा कमि आउन नसकेको स्थानीयको गुनासो छ । जिल्लामा विशेष गरि महिलाहरुले सुरक्षाको अनुभुती गर्न नपाएको स्थानीय महिलाले बताएका छन् । हत्या, हिंसा, बलात्कार, चोरी लगायतका घटनाहरुलाई प्रहरीले विशेष ध्यान दिनु पर्ने स्थानीयको भनाई छ ।

लागुऔषध कारोबार र सेवन नै जिल्लामा हिंसा बढ्नुको कारण रहेको प्रहरीको पनि निष्कर्ष छ । कारोबारी र सेवनकर्तालाई कानुनको दायरामा ल्याएर कारबाहि प्रक्रिया अघि बढाउने योजना प्रहरीको छ ।

शान्ति सुरक्षाका लागि विभिन्न किसिमका सुरक्षात्मक कार्यक्रमहरु सञ्चालन हुने गरेका छन् । तर सञ्चालित कार्यक्रमहरु प्रभावकारी कार्यन्वयन नहुँदा हिंसाको घटना कास्कीमा पनि बढेको छ ।

हिंसा र अपराधका घटना न्यून गर्न प्रहरीको समुदाय साझेदारी प्रहरी कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन प्रहरी, स्थानीय जनता लगायत सबैको सहयोगी भुमिका महत्वपुर्ण हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);