कर्णाली नदीमा बेपत्ता जीप भेटिएन, गोताखोर टोली फर्कियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

कर्णाली नदीमा बेपत्ता जीप भेटिएन, गोताखोर टोली फर्कियो

गोताखोर फर्किएपछि स्थानीय निराश

हुम्ला, ७ असार । हुम्लामा गत मंगलबार १० यात्रुसहित कर्णाली नदीमा खसेको जीप नभेटेपछि गोताखोर टोली फर्किएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५को बेडुबिसौनामा गत मंगलवार गाउँपालिका उपाध्यक्ष सहित १० जना सवार लु १ ज ७१६६ नम्बरको जीप कर्णाली नदीमा खसेको थियो ।

जिपको खोजीकार्यका लागि कुरिनटारबाट गएको सशस्त्र प्रहरीको गोताखोर टोली जीप र यात्रुको पत्ता नलागेपछि खाली हात फर्किएको छ । कर्णाली नदीमा पानीको बहाब बढी हुनु, पानी धमिलो हुनु र पानीसँगै ढुङ्गा, माटो र बालुवा पनि बगाएर ल्याउँदा खोजी गर्न कठिन भएपछि गोताखोरको टोली फिर्ता भएको जनाइएको छ ।

नदीमा जिप खसेको ३ दिन सम्म पनि हराइरहेकाहरुको पत्ता नलागे पछि उनीहरुका आफन्तले पराल र कुसको पुत्ला बनाई अन्त्येष्टि गरेका थिए । बेपत्ता जिपको खोजीका लागि पुगेको गोताखोरको टोली देखेपछि आशावादी भएका स्थानीय पुनः निराश भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);