कर्णाली नदीमा जीप खस्दा ४ को मृत्यु, ४ घाइते, १ बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

कर्णाली नदीमा जीप खस्दा ४ को मृत्यु, ४ घाइते, १ बेपत्ता

बाजुरा, १७ पुस । बाजुराको हिमाली गाउँपालिका–७, बाधुको कालडाँडा भिरबाट यात्रुबाहक जीप कर्णाली नदिमा खस्दा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर अन्य ४ जना घाईते भएका छन् भने १ जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार बिहिवार दिउँसो धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको से १ ज १०६४ नम्वरको उक्त जीप सडकबाट कर्णाली नदीमा खसेको हो । घटनास्थलमा प्रहरी स्थानीय पुगेर उद्धार गरेका थिए ।

घाईतेहरुको स्थानीय स्वासथ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता १ जनाको खोजीकार्य जारी रहेको जनाइएको छ । दुर्घटनावारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);