कर्णालीमा जीप खस्दा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कर्णालीमा जीप खस्दा एक जनाको मृत्यु

motercycle durghatana

कालिकोट, १३ फागुन । आज बिहान कर्णाली नदीमा जीप खस्दा १ जनाको मृत्यु भएको छ । कर्णाली करिडोर अन्तर्गत कालिकोटको खाडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिकाको सीमा जितेमा लु १ ज ४१४१ नम्बरको जिप कर्णाली नदीमा खस्दा चालक दैलेख गुराँस गाउँपालिका ४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको हो ।

रासकोट नगरपालिकाबाट जितेका लागि हिडेको जिप यात्रु झारेर फर्काउने क्रममा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान १० बजेतिर जिप दुर्घटना भएको हो । नदीबाट जीप निकाल्ने काम हुँदै गरेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);