महाराजगंजमा दादुरा–रुबेला खोप अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महाराजगंजमा दादुरा–रुबेला खोप अभियान

khop-kapilvastu

कपिलवस्तु, १२ फागुन । नेपाल सरकारले देशभर राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित महाराजगंज नगरपालिकाले समेत अभियानलाई भव्य रुपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

महाराजगंज नगरपालिकामा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै नगरपालिको उप प्रमुख शुभावती कुर्मीेले फागुन १५ गते देखी २३ गते सम्म दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वाथ्य सेवा विभाग र परिवार कल्याण महाशाखाद्धारा सञ्चालित अभियानमा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेला खोप प्रदान गरिने कुर्मीले जानकारी दिनु भयो ।

अभियान सफल बनाउन वडा स्तरमा सचेतनामूलक कार्यक्रम सुरु गरिने स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवालले जानकारी दिनुभयो । खोप अभावमा बालबालिकामा अन्धोपना हुने, पखाला लाग्ने, कान पाक्ने निमोनिया हुने जस्ता समस्या देखिने भएकाले समय समयमा खोप प्रदान गर्न आवश्यक रहेको स्वास्थ्य संयोजक जयसवालले बताउनु भयो ।

गर्भावस्थामा दादुरा भए ८७ प्रतिशत बालबालिका विकलाङ्ग हुने खतरा रहेको बताउँदै बालबालिकालाई दादुरा र रुबेला खोप अनिवार्य लगाउन आग्रह गरे ।

राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा–रुबेला खोप अभियानबारे वडा स्तरमा टोल स्तरमा जानकारी गराइने उहाले बताउनु भयो । अभिमुखीकरण कार्यक्रममा महााजंज नगरपालिकाका सम्पुर्ण वडा अध्यक्षहरुले खोपको महत्वको विषयमा जनतालाई जागरुक बनाउन आवश्यक रहेको बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);