बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित ९ जना घाइते (नामसहित) | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित ९ जना घाइते (नामसहित)

accident

बाजुरा, १३ फागुन । बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा मंगलबार विहान ट्रयाक्टर दुर्घटना भएको छ । गाउँपालिकाको वडा नं. ६ स्थित निलासेनबाट घट्मुना तर्फ आउँदै गरेको सु.प.प्र. ०१००२ त ४९९ नम्बरको ट्रयाक्टर सिमधारा स्थित ग्रामिण कच्ची सडकमा दुर्घटना भएको हो । ट्रयाक्टर सडक भन्दा करिब एकसय मिटर तल खसेको छ ।

ट्रयाक्टर दुर्घटनामा परि चालक सहित ९ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेमा गौमुल गाउँपालिका ६ का २१ वर्षिया ट्रयाक्टर चालक प्रकाश रोकाया, र सोही गाउपालिका ४ कौणाकोट बस्ने ट्याक्टर साहु ४८ वर्षिया तुला बुढा, सोही वडाकै १८ वर्षिया अनुप रोकाया, १९ वर्षिया भुवन बुढा, १५ वर्षिया स्मृती सार्की, १५ वर्षिया सुर्मा सार्की, १६ वर्षिया सरिता सार्की, १७ वर्षिया सरिता सार्की र सोही गाउँपालिका ५ मानाकोटका २८ वर्षिया दिपक रोकाया रहेका छन् ।

ट्रयाक्टर दुर्घटनामा परेका ८ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको छ भने ट्रयाक्टर चालक प्रकाश रोकायालाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

ताजा समाचार