दाङमा ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दाङमा ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु

dang tracktor accident

दाङ, ३ पुस । दाङको तुलसीपुरमा ट्रयाक्टरले ठक्कर दिदा एक बालिकाको मृत्यु भएको छ भने एक जना घाईते भएकी छन् । तुलसीपुर सल्यान रोड सडक खण्ड अन्तर्गत गोदामघर नजिकै टेक्टरले बिहिबार बिहान साढे ९ बजे ठक्कर दिदा तुलसीपुर ७ शिवनगर निवासी बेद बहादुर केसीको छोरी १३ वर्षिया विजिता केसीको ज्यान गएका ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

ट्रयाक्टरको ठक्करबाट गम्भिर घाईते भएकी बालिकाको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको प्रहरीले बताएको छ । यस्तै सोहि ठाउँ निवासी उमा वलीको छोरी १४ वर्षिया मनिषा वली घाईते भएकी छिन् । उनको अवस्था भने सामान्य रहेको बताईएको छ । उनीहरु दुवै जना तुलसी आवासिय माध्यामिक विद्यालय तुलसीपुरमा कक्षा ८ मा अध्ययनरत रहेको बुझिएको छ ।

विद्यालय जनाका लागी सडक छेउमै उभिएका उनीहरुलाई उत्तर तर्फबाट तुलसीपुर बजार तर्फ आउदै गरेको ट्रयाक्टरले ठक्कर दिएको प्रहरीको भनाई छ । ठक्कर दिने ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टरको अगाडीको टायर अचानक पन्चट हुदा सडकको छेउमा उभिएका बालिकालाई ठक्कर दिन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);