विद्यार्थीको प्रदर्शनका कारण तुलसीपुर-सल्यान सडकखण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विद्यार्थीको प्रदर्शनका कारण तुलसीपुर-सल्यान सडकखण्ड अवरुद्ध

dang andolan

दाङ, ३ पुस । दाङमा ट्याक्टरको ठक्करबाट एकजना विद्यार्थीको मृत्यु भएपछि विद्यार्थीहरु त्यसको विरोध गर्दै मा सडकमा उत्रिएका छन् ।

तुलसी आवासिय माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १३ वर्षिया बिजिता केसीको ट्याक्टरको ठक्करबाट मृत्यु भएपछि विद्यार्थीहरुले सडकमा टायर बालेर तुलसीपुर सल्यान सडक खण्ड अवरुद्ध पारेका छन् ।

विद्यार्थीहरुले दोषी माथी कारवाही र पिडितलाई न्यायको माग गदै विरोध प्रर्दशन गरेका छन् । उनीहरुले गोदामघर, विरेन्द्रचोक र बिपि चोकमा टायर बालेर सडक अवरुद्ध पारेका छन् ।

रा १ त १४३५ नम्वरको ट्याक्टरले गोदामघर नजिकै बिजितालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । सोहि ट्याक्टरको ठक्करबाट अर्की एक विद्यार्थी पनि घाईते भएकी छिन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);