शीतलहरसंगै चिसोबढेपछि धनगढीमा २ दिन विद्यालय बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

शीतलहरसंगै चिसोबढेपछि धनगढीमा २ दिन विद्यालय बन्द

कैलाली, ३ पुस । ओरालो लागेको तापक्रमसंगै देशभर चिसो बढीरहँदा कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालयमा २ दिने विदा दिइएको छ ।

शीतलहरसंगै चिसोबढेपछि धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालयमा २ दिने विदा दिइएको हो । तराईमा शीतलहरसंगै घटेको तापक्रमले दैनिकी कष्टकर बनेको छ ।

धनगढी उप–महानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बिहीवार र शुक्रवार बन्द गर्ने निर्णय भएको धनगढी उपमहानगरपालिकाका प्रबक्ता सन्तोष मुडभरीले जानकारी दिनुभयो ।

उता कञ्चनपुरको भिमदत्त नगरपालिका भने चिसोका कारण बिहीबार र शुक्रबार बिद्यालय बन्द गर्ने निर्णय बुधबार नै गरिसकेको छ । चिसो धेरै बढेर सर्वसाधारणको दैनिकी समस्याग्रस्त भएको छ ।

कैलाली र कंचनपुरमा चिसोकै कारण विरामी भएकाहरु उपचारका लागि अस्पताल आउनेको संख्यामा समेत बृद्धि भएको छ । चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्ने र खानपानमा बिशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);