धनगढीको विद्यालयमा खानेपानीको हाहाकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

धनगढीको विद्यालयमा खानेपानीको हाहाकार

khane pani aavab

सन्तोष रोकाया
कैलाली, २२ असार । कैलालीको धनगढी उपमहानगरपालिकामा रहेका विद्यालयमा खानेपानीको हाहाकार भएको छ । विद्यालय समयमा पानी पिउन र शौचका लागि विद्यार्थीहरु गाउँमा जाने गरेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ सिगाउँमा रहेको शारदा माध्यामिक विद्यालयमा खानेपानीको हाहाकार भएको हो ।विद्यालय समयमा पानी पिउन र शौचका लागि विद्यार्थीहरु गाउँमा जाने गरेका छन् । पानी नभएपछि पठनपाठन प्रभावित भएको शिक्षक र विद्यार्थीले गुनासो गरेका छन् ।

विद्यालयमा पानी ट्याङ्कीहरु निर्माण भएपनि पानी ल्याउन सरोकारवाला निकायले चासो नदिएको विद्यालयको भनाइ छ । धनगढी उपमहानगरपालिकाले आगामी भदौसम्म विद्यालयमा देखिएको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । विद्यार्थीहरुले आश्वसान मात्र हैन तत्काल खानेपानीको समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);