बाराको अमलेखगंजमा खानेपानीको हाहाकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाराको अमलेखगंजमा खानेपानीको हाहाकार

khanepani hahakar

श्याम गुप्ता
बारा,  २८ चैत । बारा जीतपुरसिमरा उपमहानगरपालिकाको अमलेखगंजमा खानेपानीको हाहाकार भएको छ । स्थानीयले पानीको समस्या भोगेको बर्षौ हुँदा पनि स्थानीय तहले समाधानको पहल गरेको छैन । खानेपानीको अभाका कारण स्थानीयले खोलाको दुषित पानी पिउन बाध्य छन् । दुषित पानीका कारण स्थानीय बिरामी पर्न थालेका छन् ।

चुरे पहाडको फेदमा रहेको बाराको अमलेखगंज बस्तीमा खानेपानीको हाहाकार भएको बर्षौ भयो । खानेपानीको अभावमा स्थानीयले खोलाको दुषित पानी पिउन बाध्य भएका छन् । तर स्थानीय तहले खानेपानी समस्या समाधान गर्न पहल नगरेको स्थानीयले गुनासो गरेका छन् । दुषित पानीका कारण स्थानीय बिरामी पर्न थालेका छन् । पानीको अभावले व्यापार व्यवसाय पनि संकटमा परेको छ ।

स्थानीय तहको निर्वाचन सकिएको एक बर्षसम्म पनि खानेपानी समस्या समाधान गर्न जनप्रनिधिले चासो नदिएको स्थनीयको भनाई छ ।स्थानीय तहले खानेपानीको समस्या भएको स्वीकार गर्दै सुधारको पहल भइरहेको जनाएको छ ।

गर्मी सुरु भएसँगै पानीको अभावका कारण रोगले महामारी लिन सक्ने भन्दै स्थानीय चिन्तित भएका छन् । छिटो खानेपानीको समस्या समाधान गर्न सरकारसँग स्थानीयले माग गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);