माथिल्लो तामाकोसीको काममा ढिलाइ नगर्न प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

माथिल्लो तामाकोसीको काममा ढिलाइ नगर्न प्रधानमन्त्रीको निर्देशन

pm kp oli

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काममा ढिलाइ नगर्न निर्देशन दिएका छन् । आज आयोजनाको स्थलगत अनुगमन गर्दै प्रधानमन्त्री ओलीले समयमै काम सम्पन्न गर्न आयोजनाका पदाधिकारीलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीका साथमा ऊर्जामन्त्री वर्षमान पुन र चिनियाँ राजदूत यू होङ, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि आयोजनाको स्थलगत अनुगमन गरे । प्रधानमन्त्रीसहितको टोलीले माथिल्लो तामाकोसीको विद्युत गृह लगायतका मुख्य संरचनाहरुको स्थलगत निरीक्षण गरेको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीले आयोजनाको लागत र समय वृद्धि हुनुको कारणबारे विशेष चासो राखेका थिए ।

आयोजनाले पनि प्रधानमन्त्री र ऊर्जामन्त्रीसमक्ष प्रगति तथा वित्तीय विवरण प्रस्तुत गरेको थियो । आगामी असारबाट ४ सय ५६ मेगावाटको आयोजनाबाट विद्युत उत्पादन सुरु हुने भनिएको थियो । तर, अहिलेसम्म ९५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । आर्थिक वर्ष २०६५÷०६६ मा सुरु भएको आयोजना सम्पन्न गर्नुपर्ने मितिभन्दा २ वर्ष ढिलो भैसकेको छ ।

आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रहेपनि अहिले ४१ अर्ब ७२ करोड पुग्ने देखिएको छ । माथिल्लो तामाकोसीबाट विद्युत उत्पादन सुरु हुन अझै एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । विभिन्न माग गर्दै पटकपटक अवरोध गर्दै आएका स्थानीयले फेरि सेयर बाँडफाँटको विषयलाई लिएर अवरोध गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);