नारायणगढ मुग्लिन सडक निर्माणको काम ८८ प्रतिशत सकिएको छ । ३४ किलोमिटरमध्ये २८ दशमलव २ किलोमिटर सडक कालोपत्रे भइसकेको नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिए ।
नारायणगढ मुग्लिन सडकको स्तरोन्नति भएपनि पुल निर्माण नहुँदा जाम भने उत्तिकै रहेको छ । सो सडक खण्डमा १८ वटा पुल रहेका छन् । खानीपुल, मौरीपुल, दासढुंगापुल र जलवीरे पुल नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले नै बनाउन थालेको छ ।
तर बाँकी १४ स्थानमा पुल निर्माण हुन सकेको छैन । अप्ठेरा पुल निर्माण हुन नसक्दा सडक जामको समस्या रहेको आयोजनाको इन्जिनियर खनालको भनाई छ ।




