अब नारायणगढ–मुग्लिन सडक दिउँसो ४ घण्टा बन्द नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

अब नारायणगढ–मुग्लिन सडक दिउँसो ४ घण्टा बन्द नहुने

काठमाडौं, २१ फागुन । आजदेखि नारायणगढ–मुग्लिन सडक खण्ड ४ घण्टा बन्द नहुने भएको छ । गत पुस ५ गतेदेखि भित्तो काट्न दैनिक ४ घण्टा बन्द हुँदै आएको सो सडकखण्ड आजदेखि बन्द नहुने भएको हो ।

भित्तो काट्ने काम अब अन्तिम चरणमा पुगेको भन्दै बाटो बन्द नगरिने नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले जनाएको छ ।

तुइन खोलाको भित्तो काट्नका लागि विस्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको छ । विश्व बैंकको सहयोगमा सो सडक खण्डमा केही पुल निर्माण हुँदै छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);