के सरोज उपाध्यायले आत्महत्या गरेका हुन् त ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८१, बिहीबार

के सरोज उपाध्यायले आत्महत्या गरेका हुन् त ?

काठमाडौं, २१ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालका भाई एवं केन्द्रीय सदस्य सरोजकुमार उपाध्याय नेपालले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

उपाध्यायले रेस्टुरेन्टको पाँच फिट अग्लो रेलिङ चढेर हामफालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । प्रहरीको अनुसार पेशाले इन्जिनियर उपाध्याय सो रेस्टुरेन्टमा सधै जसो जाने गर्थे । पछिल्लो तीन दिनयता उनी लगातार रेस्टुरेन्टमा जाने, कफी,चुरोट मगाउँने र एक प्लेट मःमः खाएर फर्किने गरेको पाइएको छ ।

रेस्टुरेन्टको ६ तला माथिबाट खसेर गम्भीर घाइते भएका उनलाई शनिबार सिभिल अस्पताल हुँदै माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताललागि पुर्याइएको थियो । उपचारका क्रममा उपाध्यायको ज्यान गएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);