राजदुत दीपकुमार उपाध्यायले दिए राजीनामा यस्तो छ कारण ! | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौँ, २० असोज । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने तयारीमा रहनुभएका उपाध्यायले परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाउनुभएको हो ।

उपाध्यायको राजीनामा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शुक्रबारनै प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् ।

कांग्रेस नेतासमेत रहुनुभएका उपाध्याय गत संविधानसभा निर्वाचनमा कपिलवस्तु–१ मा पराजित भएका थिए । तर, तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले उहाँलर्ई भारतका लागि नेपाली राजदूत बनायो ।

आफ्नो सरकार ढाल्न भूमिका खेलेको भन्दै केपी ओली नेतृत्वको सरकारले उपाध्यायलाई राजदूतबाट फिर्ता बोलाउने निर्णय समेत गरेको थियो ।

कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि फेरि उपाध्याय नै राजदूत नियुक्त भएका थिए । राजदूत नियुक्त भएको ११ महिनापछि चुनाव लड्न भन्दै उपाध्यायले राजीनामा दिएका हुन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);