अमेरिका र कोस्टारिकाका राजदूत खतिवडा मेक्सिकोका राजदूत पनि नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अमेरिका र कोस्टारिकाका राजदूत खतिवडा मेक्सिकोका राजदूत पनि नियुक्त

cabinet-dr khatiwada

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराज खतिवडालाई मेक्सिकोका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले डा. खतिवडालाई नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मेक्सिकोका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

पूर्वअर्थमन्त्री समेत रहेका खतिवडा संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत समेत हुन् ।

यसका साथै गएको असार ७ गते खतिवडा कोस्टारिकाका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त भएका थिए । त्यसैगरी उनी प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारका समेत नियुक्त भएका थिए ।

राष्ट्रियसभामा दुईवर्षका लागि मनोनित भएका खतिवडाको समय सकिएपछि उनी ६महिना गैर सांसदको रुपमा मन्त्री पदमा रहेका थिए ।

त्यसपछि रिक्त राष्ट्रियसभाको एक सिटमा तत्कालिन नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेपछि खतिवडाले अर्थ मन्त्री पदबाट राजीनामा दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);