डा. खतिवडा कोस्टारिकाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डा. खतिवडा कोस्टारिकाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा कोस्टारिकाका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा बमोजिम डा.खतिवडालाइ कोस्टारिकाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

डा.खतिवडा संयुक्त राज्य अमेरिकाका लागि नेपालका आवासीय राजदूत समेत हुन् । त्यसैगरी उनी प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारका समेत नियुक्त भएका थिए ।

राष्ट्रियसभामा दुईवर्षका लागि मनोनित भएका खतिवडाको समय सकिएपछि उनी ६महिना गैर सांसदको रुपमा मन्त्री पदमा रहेका थिए । त्यसपछि रिक्त राष्ट्रियसभाको एक सिटमा तत्कालिन नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेपछि खतिवडाले अर्थ मन्त्री पदबाट राजीनामा दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);