नेपाली कांग्रेसमा सभापति पदका लागि गुटभित्रै पनि प्रतिस्पर्धा, नेताहरु आन्तरिक गृहकार्यमा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

नेपाली कांग्रेसमा सभापति पदका लागि गुटभित्रै पनि प्रतिस्पर्धा, नेताहरु आन्तरिक गृहकार्यमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेसनको मिति तोकिएपछि नेताहरु आन्तरिक दौडधुपमा व्यस्त हुन थालेका छन् । देशकै पुरानो र प्रजातान्त्रिक पार्टी भनिएको कांग्रेसमा आगामी महाधिवेशनको सभापति पदका लागि आधादर्जन भन्दा बढी आकांक्षी देखिएपछि नयाँ नेतृत्वका लागि कांग्रेसभित्र आन्तरिक दौडधुप तिव्र बन्न थालेको हो ।

आगामी भदौ १६ देखि १९ गतेसम्म हुने कांग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापतिका लागि कडा आन्तरिक प्रतिस्पर्धा हुने देखिएको छ । नेतृत्व दो¥याउने घोषणासहित अग्रमोर्चामा रहेका देउवाको भेटघाट पनि निकै चर्कोरुपमा देखा पर्न थालेको छ । तर सभापति देउवालाई उनी निकट मानिने उपसभापति बिमलेन्द्र निधि र गोपालमान श्रेष्ठले सभापति पदका लागि दावेदार गर्ने अठोट गरेपछि देउवालाई थप चुनौति हुने भएको छ ।

आजैमात्र आसन्न महाधिवेशनका लागि भन्दै उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भएको छ । निधिले आफ्नो वैवाहिक वार्षिकोत्सव अर्थात् एनिभर्सरीको सन्दर्भमा ‘लन्च’ का लागि कोइराला र सिंहलाई आफ्नो निवासमा निम्तो गरेको बताएपनि मुख्यतया सभापतिको बारेमा ध्यान केन्द्रीत भएको बुझिएको छ । निधिले आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।

छलफलमा निधिले आफ्नो उम्मेद्वारीबारे अवगत गराउँदै सहयोग गर्न आग्रह गरेको निकट स्रोतले जनाएको छ । संस्थापन इतर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल आफै अघि बढेर देउवालाई टक्कर दिने योजना बुनिरहेको समयमा एका एक देउवाले पुन सभापतिको दावेदार गर्नका लागि आफू निकटका नेताहरुसंगको छलफललाई तिव्रता दिन थालेपछि संस्थापन पक्षमा रहेका रामचन्द्र पौडेलले पनि आफू निकटका नेताहरुको छलफललाई तिव्रता दिन थालेका छन् ।

त्यस्तै, अघिल्लो महाधिवेशनमा सभापतिका दावेदार अर्का नेता कृष्णप्रसाद सिटौला पनि सभापति बन्ने होडमा लागेको देखिन्छ । सभापतिको उम्मेद्वारी घोषणाले यतिबेला कांग्रेसमा गुट उपगुटको आन्तरिक प्रतिस्पर्धा पनि निकै सक्रिय भएको छ । कांग्रेसमा केही नेताहरु पुराना अनुहारलाई नेतृत्व हस्तान्तरण गर्ने पक्षमा देखिएका छन् भने केही नेताहरु अवकोे नेतृत्व दोस्रो तहलाई हस्तान्तरण गुर्नपर्ने पक्षमा रहेका छन् । तर, पार्टी सभापति जस्तो पद खोसेर लिनुपर्छ भन्दै आएका युवा नेताहरु भने अहिले प्राय मौन अवस्थामा देखिएका छन् ।

साँच्चै अबको महाधिवेशनमा को नेतृत्व आउँछ भन्ने चासोको विषय एकातिर छ भने अर्कोतिर कांग्रेसमा लामो समयदेखि बहसको विषयमा स्थापित हुन नसकेको विपीको एजेण्डा र प्रजातन्त्रको बारेमा बहसको विषय बनाउन सक्ने नेतृत्को चयन हुन्छ कि हुँदैन भन्ने चाँहि मुख्य विषय बन्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);