संघीय फोरम र राजपाको मोर्चाबन्दी, कांग्रेस अन्यौलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौँ, २० असोज । नेपाली कांग्रेससँग चुनावी तालमेलको चर्चा चलिरहेका बेला मधेसका प्रमुख दुई दलले छुट्टै मोर्चा निर्माण गरेका छन् ।

मधेसकेन्द्रित संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले गठबन्धन बनाएर निर्वाचनमा जाने सहमति गरेका हुन् । संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको हस्ताक्षर भएको विज्ञप्तिअनुसार दुई पार्टीबीच प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा साझा उम्मेदवार दिने सहमति भएको छ । शुक्रबार जारी विज्ञप्तिमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको नाम उल्लेख गरिएको छैन । तर अन्य गठबन्धनमा जानु परेमा पनि सँगै सहभागी हुने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । अब कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुने अवस्था आए दुवै पार्टीले संयुक्त दावी पेस गर्ने नेताहरुले बताएका छन् । एमाले, माओवादी र नयाँ शक्ति मिलेर वाम गठबन्धन निर्माण गरेको भोलिपल्टै गत बुधबार कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धन निर्माण गरेको छ ।

यसमा संघीय फोरम र राजपालाई पनि समेटिएको छ । तर निर्वाचन क्षेत्र बाँडफाँडको विषयलाई कांग्रेसमाथि चुनौति धेरै देखिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);