सिट बाँडफाँटको अन्तिम कसरतमा लोकतान्त्रिक गठबन्धन, बालुवाटारमा बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वमा रहेका लोकतान्त्रिक गठबन्धनको तयारीमा रहेका दलहरु सिट बाँडफाँटको अन्तिम तयारीमा लागेका छन्। त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ११ बजे नेपाली कांग्रेस संसदीय बोर्डको बैठक बस्दैछ।

कांग्रेस नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सहभागी छन्। विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम भने यस अगाडि नै नेपाली कांग्रेसमा विजय भइसकेको छ।

आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सिट बाँडफाँटबारे कांग्रेस र दुई राप्रपाबीच छलफल भएपनि आज राजपा र संघीय फोरमसँग ठोस छलफल हुने संसदीय समितिका सदस्य डा. प्रकाशशरण महतले बताएका छन्। उनले भने – ‘आजको बैठकले सिट बाँडफाँटको टुंगो लगाएपछि कांग्रेसले पार्टीको उम्मेदवार तय गर्नेछ’ ।

संघीय फोरम र राजपाले प्रदेश नं. २ मा धेरै सिट मागेकाले लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँट सहजै टुंगिने सम्भावना भने कम छ।

दोस्रो चरण निर्वाचनको उम्मेदवार मनोनयन दर्ता कार्तिक १६ गतेका लागि तोकिएको छ। दोस्रो चरणको चुनाव ४५ जिल्लामा मंसिर २१ गते हुँदैछ। यसअघि ३२ जिल्लामा पहिलो चरणमा हुने निर्वाचनको मनोनयन दर्ता भइसकेको छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);