सिट बाँडफाँटको कसरतमा कांग्रेस, दुई राप्रपालाई ९, फोरम र राजपासँग यसरी हुँदैछ सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १२ कार्तिक । नेपाली कांग्रेसले आज बेलुकासम्ममा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग सिट बाँडफाँटको टुंगो लगाउने भएको छ। कांग्रेस र राजपा– फोरम कार्यदल तहमा प्रदेश नम्बर २ मा एक क्षेत्र राप्रपालाई छोडेर बाँकी क्षेत्रमा पचासरपचास प्रतिशत भागबण्डा गर्ने गरी सहमतिको प्रयास भइरहेको छ।

प्रदेश र प्रतिनिधिसभा दुवैतर्फ पचास-पचास प्रतिशतमा सहमति गर्न कांग्रेस लचक बने पनि राजपा-फोरमले अझै त्यसमा चित्त बुझाएका छैनन्। कांग्रेस स्रोतका अनुसार धेरै कुरा मिलिसकेको र केही बाँकी रहेको भन्दै सबै विषयमा सहमति भइसकेपछि एकै पटक निर्णय सार्वजनिक गरिने बताईएको छ।

कार्यदल तहमा छलफल जारी रहँदा कांग्रेसले आफ्नोतर्फबाट उम्मेदवार चयन गर्ने कामसमेत गरिरहेको छ। केही दिनयता कांग्रेस संसदीय बोर्डको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निरन्तर बसिरहेको छ। कांग्रेसले राजपा-फोरमसँगको क्षेत्र बाँडफाँड सकिना साथ बाँकी उम्मेदवारको चयन गर्ने गरी तयारी अन्तिम चरणमा पुर्‍याएको नेताहरुले बताएका छन्।

स्रोतका अनुसार प्रतिनिधिसभातर्फ दुई राप्रपालाई ९ सिट दिने सहमति भएको छ। जसमा कमल थापा नेतृत्वको राप्रपालाई झापा, मकवानपुर र पर्साका एक/एक क्षेत्र, काठमाडौंको क्षेत्र नम्बर ९ वा ७ र बाँकेको एक गरी ५ क्षेत्र दिने सहमति भएको हो।

त्यस्तै पशुपति शमशेर राणाको राप्रपा प्रजातान्त्रिकलाई चितवन, धनकुटा, रुपन्देहीमा एक/एक र सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ दिने सहमति भइसकेको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);