लोकतान्त्रिकः भागबन्डा नमिल्दा गठबन्धन नै संकटमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

निर्वाचन क्षेत्र भागबण्डा नमिलेपछि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन संकटमा परेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको सयुक्त गठबन्धनसँग कांग्रेसको भागबण्डा नमिलेपछि तालमेल नहुने भएको हो । प्रदेश २ मा राजपा र फोरमले प्रतिनिधिसभामा न्यूनतम २० सिट र प्रदेशसभामा ४० सिट मागेका थिए।

यो प्रदेशमा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छन् । कांग्रेसले ५० प्रतिशतभन्दा बढी (प्रतिनिधिसभामा कम्तिमा १७ सिट) चाहिने अडान राखेपछि राजपा र फोरमसँग तालमेलको संभावना करिब समाप्त भएको हो। राजपा र फोरम गठबन्धनले प्रदेश २ लाई ‘आफ्नो प्रभाव क्षेत्र’ भन्दै कांग्रेसलाई अन्य प्रदेशमा सघाउने बचन दिएका थिए । राजपा र फोरमले स्थानीय तहमा प्राप्त मतका आधारमा यो प्रदेशमा कांग्रेसलाई १४ सिट दिन तयार भएका थिए।

तर कांग्रेस १७ सिट भन्दा तल झर्न नमानेपछि सहमति हुन नसकेको पार्टी सभापति एंव प्रधानमन्त्री शेरवहादुर देउवा निकट स्रोतले बतायो। चुनावी तालमेलका लागि बुधबार दिनभरजसो कांग्रेस, राजपा र फोरमका नेताहरुबीच बार्ता भएको थियो।

बार्ता सहमतिमा नपुगेपछि राजपा नेताहरुले ‘कांग्रेसको घमण्डका कारण लोकतान्त्रिक गठबन्धन धरापमा परेको’ बताए । आजको कान्तिपुर दैनिकमा खबर छ। ‘कांग्रेसका नेताहरुमा दुरदृष्टि देखिएन, लोकतान्त्रिक गठबन्धन बनाएर जानुपर्छ भन्ने हाम्रो अन्तिम प्रयास थियो,’ बैठकपछि राजपा नेता राजेन्द्र महतोले भने, ‘कांग्रेसकै कारण तालमेल हुन सकेन।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);