दुई भारतीय 'सुटर' पक्राउ, पेस्तोल भारतीय मन्त्रालयको कारखानामा उत्पादित ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौँ, १६ कार्तिक । कमलावादी क्षेत्रमा बुधबार दिउँसो अचानाक गोली चलेपछि ड्युटीमा खटिएको महानगरीय प्रहरी वृत्त कमलपोखरीको टोली गोलीको आवाज आएको स्थानतिर दौडियो ।  त्यही बेला २ युवा ज्याक डेनिस डान्सबाट निस्किएर भागेपछि प्रहरीले पिछा गर्यो।

प्रहरीले केहिबेरमै दुवै जनालाई पक्राउ गर्यो र गोली चलाउने उनहरुनै रहेको पुष्टि भयो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुकका अनुसार उनहीरुको साथबाट एउटा आधुनिक पेस्तोल, ४ वटा म्यागजिन र ५१ राउण्ड गोली बरामद भएको छ।

सोधपुछका क्रममा उनीहरु दुवै भारत पन्जाबका जसवीर सिंह र शरदेवेन्द्र सिंह रहेको खुल्यो । ती भारतीय नागरिक रक्सौलबाट भैरहवा हुँदै मंगलबार बेलुका काठमाडों भित्रिए हेरिटेज प्लाजालमा बसेका थिए।

होटलमा प्रहरीले उनहरुले प्रयोग गरेको सेतो रङ्को पिवी १० एफएस ७४४९ नम्बरको मारुती सुजुकी कार फेला पार्यो ।  गाडीमा केही उपहार थिए । आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);