अमेरिकन पेस्तोलसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

अमेरिकन पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौं, १४ चैत । एपीएफ टोलीले काठमाडौंको गहना पोखरी ईलाकाबाट चैत्र १४ गते दिउँसो मेडईन यूएसए लेखिएको ९ मिमि पेस्तोल एक थानसहित दुई जनालाई पक्राउ गरेको छ ।त्यसवेला सोको पाँच वटा गोली म्याग्जिनमा लोडेड रहेको अवस्थामा बरामद गरिएको हो ।

पक्राउ पर्नेहरुमा काभ्रे जिल्लाको रोशी गाउँपालिका ३ शिखर अम्बोटे घर भई काठमाडौंको जडिबुटि बस्ने कोटे लामा र सोही जिल्लाको नवबुद्ध नगरपालिका ११ घर भई जडिबुटि बस्ने अनन्त तामाङ्ग छन् । पक्राउ परेका कोटे लामा २०७४ सालदेखि फरार अभियुक्त रहेको कुरा खुल्न आएको छ ।

एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सुचनाको आधारमा खटिएको एपीएफ टोलीले पक्राउ परेका दुवै जनालाई बरामद थान एक पेस्तोल, सोको थान एक म्याग्जिन, सोको पाँच वटा गोली तथा दुई थान मोवाईल सेट र कागजात सहित आवश्यक अनुसन्धान तथा कारवाहीको लागि पक्राउ परेको ठाउँबाटै महानगरीय प्रहरी बिट मालिगाउँबाट खटिई आएका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालको टोलीलाई बुझाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);