प्रहरीकै घरबाट हतियार चोरी गर्ने २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

प्रहरीकै घरबाट हतियार चोरी गर्ने २ जना पक्राउ

काठमाडौं,२३ साउन । हतियार चोरी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । कागेश्वर मनोहरा नगरपालिका–१ गागलफेदी बस्ने प्रहरी नायव निरीक्षक प्रभाकर खड्काको घरबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र सोको गोली ७ राउण्ड चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुली गोलन्जार गाउँपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ नारायणटार डेरा गरी बस्ने २४ वर्षीय मेघ बहादुर तामाङ र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भई काठमाडौं तारकेश्वर नगरपालिका फुटुङ डेरा गरी बस्ने २४ वर्षीय बासुदेव थामी रहेका छन् ।
प्रहरी नायव निरीक्षक खड्काको घरबाट गत असार ३१ गते राति उक्त हतियार चोरी भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धानको क्रममा तामाङको डेरा कोठाबाट  उक्त हतियार, मोबाइल ५ थान र नगद ६० हजार रुपैयाँसहित तामाङलाई पक्राउ गरेको र थप अनुसन्धानको क्रममा उनकै भान्जा पर्ने थामीले उक्त हतियार राख्न दिएको खुल्न आएपछि थामीलाई समेत तारकेश्वर फुटुङबाट पक्राउ गरेको हो ।
उनीहरूमाथि चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);