चोरीको अभियोगमा १५ वर्षीय किशोर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

चोरीको अभियोगमा १५ वर्षीय किशोर पक्राउ

सिन्धुली, ४ साउन । चोरी गरेको अभियोगमा १५ वर्षीय किशोर पक्राउ परेका छन् । चोरी गरेको अभियोगमा सुनकोशी गाउँपालिका–६ खाल्टे डेरा गरी बस्ने सर्लाही हरीपुर नगरपालिका–५ बस्ने १५ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको  हो।
सोही ठाउँ बस्ने रिपु बहादुर श्रेष्ठको घरबाट नगद ३७ हजार ६ सय रुपैयाँ र सुन तथा चाँदीका गरगहना गरी करिब २ लाख ४९ हजार ६ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उक्त घरबाट चोरी भएको मध्ये नगद २५ हजार रुपैयाँसहित सोही ठाउँस्थित वर्कसपमा काम गर्ने ती किशोरलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);