सुनका गहना तथा नगद चोरी गर्ने किशोर पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

सुनका गहना तथा नगद चोरी गर्ने किशोर पक्राउ 

मोरङ। सुनका विभिन्न गहना तथा नगद ४६ हजार रुपैयाँ चोरी गरेका आरोपमा विराटनगर महानगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका–८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । एक थान मंगलसुत्र, एक थान चेन, चार थान झुम्का, एक थान लकेट, १२ आनाको औठी, एक थान तिलहरी तथा चाँदीको पाउजु र दुई थान सिक्री सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी यसअघि पनि चोरी मुद्दामा सजाय पाएको खुल्न आएको प्रहरीले जनाएको छ।

उनीमाथि चोरी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);