ललाइफकाइ सुन कुम्ल्याएकी महिला प्रहरी फन्दामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ललाइफकाइ सुन कुम्ल्याएकी महिला प्रहरी फन्दामा

काठमाडौं । ठूलो परिमाणमा सुनको गहना चोरी गरेको आरोपमा पोखरा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पोखराबाट २७ लाख रुपैयाँ बराबरको सुनको गहना चोरी आरोपमा प्रहरीले पर्वतको मोदी घर भएकी टीका श्रेष्ठलाई पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोलबाट पक्राउ गरेको हो ।

ललाइफकाइ गरेर विभिन्न ९ जनाका सुनका गहना चोरी गरेको आरोपमा उनी पक्राउ परेकी परेकी हुन् । पोखराका विभिन्न स्थानका वृद्ध–वृद्धाले लगाएका सुनका गहना तथा घरमा राखिएका सुन उनले चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले पोखरा रानीपौवाका ७८ वर्षीय दुर्गाकुमारी पाध्याको सुनको सिक्री, तिलहरी, झुम्का, पञ्चरत्न बाला, औठी र टप चोरी गरेकी छिन् ।

पाटनबेसीका ८३ वर्षीय रिखीमाया सापकोटाको सुनको सिक्री र औठी, माटेपानीका ७० वर्षीय तिलकुमारी थापाको सुनका बाला २ जोर, गैह्रापाटनका ७९ बर्षीय लक्ष्मी कोइरालाको सुनको सिक्री, उपकार मार्गका ९० वर्षीय शान्तिमाया गुरुङको सुनको सिक्री, फूलबारीका ८७ बर्षीय ठगकुमारी महतका सुनको सोवकी र औठी, गलेश्वर मार्गका ५४ बर्षीय दुर्गा गिरीको मंगलसुत्र, चोरी गरेको प्रहरीले जनाएको छ ।

यस्तै पोखरा महानगर वडा नम्बर २७ की ६५ वर्षीय मधुमाया पौडेलको मंगलसुत्र, झुम्का, चुरी, औठी, चन्द्रमा र तिलहरी र मिनलटोलका ८२ बर्षीय डुमादेवी थापाको सुनको बाला चोरी गरेको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

चोरी तथा डाँका मुद्दामा श्रेष्ठमाथि अनुसन्धान गर्न ५ दिन अदालतबाट म्यादसमेत लिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);