चोरी भएको सुनको सिक्री तीन दिनपछि दिसाबाट निस्कियो | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

चोरी भएको सुनको सिक्री तीन दिनपछि दिसाबाट निस्कियो

sun ko sikri

काठमाडौं, १५ साउन । सुन पसलबाट निलेर चोरी भएको सिक्री तीन दिनपछि शौचबाट निक्लिएको छ ।

सुनसरी ईटहरी ३ का ३१ वर्षीय सुरजकुमार नेपालले तीन दिन अघि सिक्री चोरी गरेर निलेका थिए । सोही सिक्री सोमबार दिँउसो दिसामा निस्किएको हो । विराटनगर महानगरपालिका ९ जलजला चोकको राठी ज्वेलरीबाट ११ साउन साँझ नेपालले गहना किन्ने बहानामा सुनको सिक्री निलेर चोरी गरेका थिए । नक्कली सिक्री लिएर पसलमा पुगेका उनले ऐना हेर्ने बहानमा सक्कली निलेर नक्कली फिर्ता गरेका थिए ।

तर पसलले चाल पाएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । चेकजाँच गर्दा नभेटेपछि भिडियो एक्सरे गरेर हेर्दा उनको पेटमा सिक्री देखिएको थियो । कोशी अञ्चल अस्पतालमा निरन्तर प्रहरीको निगरानीमा रहेका नेपालले सोमबार दिँउसो सिक्रीसहित दिसा गरेको मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले बताए । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);