छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। सुनसरी, बाँके र मकवानपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवन चोकमा प्र.१–०१–००१ च ७६५० नम्बरको पिकअप र को.२ ह ७२९९ नम्बरको अटो आइतबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक मोरङ सुन्दरहरैचा नगरपालिका–३ बस्ने ३२ वर्षीय डम्बर कुमार दर्जी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको एपेक्स अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाँकेको राप्ती सोनारी गाउँपालिका–७ निबुवाटारमा भे.७ प १५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको आइतबार राती मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ बिनौना बस्ने ५० वर्षीय बुचु थारु रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १३३० नम्बरको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । उनको आइतबार राति घटनास्थलमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);