छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं। झापा र सुनसरीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। झापाको कमल गाउँपालिका–४ किरात चोकमा मे.१ ह ५१३९ नम्बरको अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँ बस्ने  राम गिरीको ४ वर्षीय छोरा रितिक गिरी रहेका छन् । उनको आइतबार मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ झण्डा चोकमा प्रदेश ३–०२ ००३ प ६७०५ नम्बरको मोटरसाइकलले प्रदेश १–०२ ०५० प ८२३८ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्रदेश ३–०२ ००३ प ६७०५ नम्बरको मोटरसाइकलमा सवार ताप्लेजुङ घर भएका २५ वर्षीय सुनिल स्यामु रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि चतरा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

प्रदेश ३–०२ ००३ प ६७०५ नम्बरको मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);