मच्छेगाउँमा धारिलो हतियार देखाएर २९ तोल सुन र ५ थान हिराको गरगहना चोरी  | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०७९, मंगलबार

मच्छेगाउँमा धारिलो हतियार देखाएर २९ तोल सुन र ५ थान हिराको गरगहना चोरी 

काठमाडौ। काठमाडौंको कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवी बस्ने ७५ वर्षीय नारायण बस्नेतको घरबाट मंगलबार विहान गरगहना र नगद चोरी भएको छ।

अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई दराजभित्र रहेको नगद १ लाख ५० हजार रूपैयाँ, करिब २९ तोला बराबरको सुन तथा ५ थान हिराका गरगहनाहरू चोरी गरी फरार भएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave a Reply