लठ्ठी र धारिलो हतियार प्रहारगरी दाङमा एक युवकको हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

लठ्ठी र धारिलो हतियार प्रहारगरी दाङमा एक युवकको हत्या

hatya

दाङ । तुलसीपुरमा एक युवकको शनिबार हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका– ४ नयाँबस्ती निबासी २० वर्षीय टोपबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार स्थानीय युवाहरूको लठ्ठी र धारिलो हतियार प्रहारबाट पुनको हत्या भएको हो । घाइते अवस्थामा रहेका पुनको उपचारको क्रममा राप्ति प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । कपुरकोटका शंकर डागी गम्भीर घाईते रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनामा सम्लग्न रहेकाहरू सबै फरार रहेको र उनीहरूको खोजी तीव्र पारिएको अर्यालले बताए । दुई गाउँका युवाहरूबीच पहिलेदेखि मन्मुटाप रहेको र शनिबार भेटेपछि घटना भएको डिएसपी अर्यालले बताए । घाइते र मृतक यसअअघि चोरी र कुटपिट मुद्दामा १५ हजार धरौटीमा छुटेका वयक्ति हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);