कञ्चनपुरमा धारिलो हतियारको प्रयोग गरी एक महिलाको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

कञ्चनपुरमा धारिलो हतियारको प्रयोग गरी एक महिलाको हत्या

woman dead

कञ्चनपुर, १७ साउन । कञ्चनपुरमा धारिलो हतियारको प्रयोग गरि एकजना महिलाको हत्या भएको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नंम्बर-७ भगतपुरमा धारिलो हतियार प्रयोग गरी ५५ वर्षीया बेलु खातीको हत्या भएको हो भने सोही घटनामा मृतकका ६२ वर्षीय श्रीमान घनश्याम खाती गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताउनुभयो ।

घाइते श्रीमानको उपचारका लागि धनगढी पठाइको थियो र त्यहाँ उपचार सम्भव नभएपछि उनलाइ अन्यत्र रिफर गरिएको जनाइएको छ । घटना गएराती खाती परिवारको घरमा भएको प्रहरी प्रवक्ता थापाले बताउनुभयो ।

तालिम प्राप्त कुकुरको समेत प्रयोग गरि घटनाको अनुसन्धान भइरहको प्रहरी प्रवक्ता थापाले बताउनुभयो । सोधपुछका लागि मृतक खातीका छोरासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);