बारामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

बारामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

death body

श्याम गुप्ता
बारा, २६ माघ ।
अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी बारामा एक जना महिलाको हत्या गरेको छ । जिल्लाको बरियारपुर नगरपालिका वडा नम्बर १ मा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि ती महिलाको हत्या गरेको हो ।

बरियारपुर नगरपालिका वडा नम्बर १ निवासी बैझनाथ प्रसाद कुशवाहाको ४५ बर्सिय श्रीमती कान्ती देवि कुशवाहालाई राती करिब १० बजेको समयमा हत्या भएको जिल्ला प्रहरी कार्यालय कलैया, बाराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार यस घटनाको बिषयमा अनुसन्धान भईरहेको र अनुसन्धानमा तालिम प्राप्त कुकुरलाई समेत परिचालन गर्ने तयारी भैरहेको जानकारी गराउनुभएको छ ।

घरमा कोहि नभएको र श्रीमान् पनि घर बाहिर भएको मौंका छोपेर सो समूहले हत्या गरेर फरार भएको डिएसपी मिश्रले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);