बागलुङमा धारिलो हतियार प्रयोग गरी वृद्ध दम्पतीको विभत्स हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बागलुङमा धारिलो हतियार प्रयोग गरी वृद्ध दम्पतीको विभत्स हत्या

hatya-baglung

काठमाडौं, २७ साउन । बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको छ ।

बोबाङको अङगरे विराउनी बस्ने ६४ बर्षीय भानबहादुर कामी र उनकी श्रीमती ६० बर्षीया विमा कामीको धारीलो हतियार प्रयोग गरी हत्या भएको प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी ईञ्चार्ज रिन बहादुर बैदवारले बताए ।

भानबहादुरको शव घर तलको मकै बारीमा भेटिएको थियो भने विमाको शव आफ्नै घरभित्रै विभत्स अवस्थामा रहेको सई वैद्यवारको भनाई छ । कामी दम्पती मृत अवस्थामा फेला परेपछि स्थानीयले आइतबार विहान प्रहरीलाई खबर गरेका थिए । घटनाको प्रकृति अनुसार, घरेलु औजार बञ्चरो प्रयोग गरेर हत्या गरिएको जस्तो देखिएको प्रहरीको भनाई छ । मृतक दम्पती दुवैको टाउकोमा ठुलो चोट लागेको अवस्था छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी प्रमुख सहितको टोली घटनास्थलतर्फ जाँदै गरेको र सो टोली पुगेपछि मात्र थप अनुसन्धान हुने बैदवारको भनाई छ । हत्या गरिएका दुई दम्पत्तिको बोबाङ तथा ढोरपाटनमा दुई ठाउँमा घर रहेको छ ।

हत्या गरिएको स्थान बोबाङमा बस्दै आएका उनीहरुको घर एकान्त ठाउँमा रहेको प्रहरीको भनाई छ । मृतक कामीका भाई र भाइका माइतीको घर केही नजिक तर ति दुई दम्पती बस्ने ठाउँदेखि २५/३० मिनेट लाग्ने देखिएको छ । मृतक कामीका छोरा बुहारी ढोरपाटनमा बस्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक नरेन्द्र कार्कीको टोली घटना स्थल प्रस्थान गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);