बाराको सिमरामा एक दम्पतीको विभत्स हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिमरा, १६ मंसिर । बाराको जितपुर सिमरामा एक दम्पतीको बिभत्स हत्या भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको बजनीमा व्यवसायीक गाईपालन गर्दै आएका ३७ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपाको शनिबार बिहान गाई फर्ममै सुतिरहेको अवस्थामा शव फेला परेको हो।

हत्या भएको दम्पतीको शव क्षत विक्षत अवस्थामा छ भने अनुहार र टाउकोमा गहिरो घाउ छ। घरेलु चक्कु र चिरेको बाँसको कप्टेराले प्रहार गरेर हत्या गरेको अवस्थामा सुवेदी दम्पतीको शव फेला परेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

अहिले हत्या अनुसन्धानका लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान व्यूरो सीआईवीको टोली बारा पुगिसकेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);