राष्ट्रिय प्रसारण लाइनमा जोडियो थापाखोला आयोजनाको १३ मेगावाट विद्युत | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

काठमाडौँ, १६ मंसिर । मुस्ताङको टुकुचेमा निर्माण भएको थापा खोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली हालैबाट राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ। यसले उत्पादन थालेसँगै राष्ट्रिय प्रसारण लाइनमा १३.६ मेगावाट थप भएको छ। माउण्ट कैलाश हाइड्रोपावर निर्माण गरेको यो जलविद्युत् आयोजना गत मंसिर ६ गतेदेखि राष्ट्रिय प्रसारणलाइनमा जोडिएको हो।

यसले आफ्नो व्यवसायिक उत्पादन भने मंसिर २१ गते देखि थाल्नेछ। बिद्युत प्राधिकरणका अनुसार यसले १५ दिन परीक्षणका रुपमा विद्युत उत्पादन गर्दैछ । १५ दिनको परीक्षण उत्पादन पछि यसले आफ्नो कमर्सियल उत्पादन थाल्नेछ। माउण्ट कैलाश हाइड्रोपावरका सिईओ भरत खड्काका अनुसार यसको लागत २ अर्ब ६० करोड छ।

सुरुवातमा २ अर्ब ४६ करोडमा निर्माण गर्ने लक्ष्य लिएपनि समयमै निर्माण कार्य अघि बढाउन नसक्दा १४ करोड रकम थप बढि खर्च भएको थियो। भूकम्प र नाकाबन्दीका कारण पनि आयोजनाको लागत बढ्न गएको हो। वर्षातका समयमा यो आयोजनाले १३ मेगावाट उत्पादन गर्ने भएपनि अहिले भने यसले ५ मेगावाट मात्रै उत्पादन गरेको छ।

हिउँदमा यो आयोजनाले कुल क्षमताको एक तिहाई मात्रै उत्पादन गर्छ। २०६६ सालबाट निर्माणका लागि प्रक्रिया अघि बढाएको भएपनि निर्माण भने २०७० सालबाट सुरु भएको हो । माउण्ट कैलाशले निर्माण गरेको यो आयोजना पहिलो हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);