Our Network

माघ ६ २०७८, बिहीबार

म्याग्दी, १६ मंसिर । रघुगंगा गाउँपालिका–४ दग्नाममा भीरबाट लडेर एक मह शिकारीको शुक्रबार मृत्यु भएको छ। दग्नाम, गैरीगाउँका ४८ वर्षीय तिलु पुर्जाको मह शिकार गर्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

स्वादिलो र गुणकारी भए पनि भीरमह झिक्न भने गाह्रो छ। चोयाको डोरीको भर्‍याङ बनाई मह निकाल्ने परम्परागत विधिमा उच्च जोखिम छ।

मह निकाल्ने मुख्य व्यक्तिले सुरक्षा डोरीसमेत नलगाउने र चोयाको पुराना लट्ठा प्रयोग गर्ने हुँदा दुर्घटनाको जोखिम हुने गरेको छ।