गोरखामा पहिरोले घर पुरिंदा वृद्ध दम्पतीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गोरखामा पहिरोले घर पुरिंदा वृद्ध दम्पतीको मृत्यु

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एक दम्पतीको मृत्यु भएको छ ।

लगातारको वर्षा पछि गएराति गएको पहिरोले घर पुरिँदा ८६ वर्षीय रमन पाण्डे र उनकी ६८ वर्षीय श्रीमती नन्दकुमारी पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय जौवारीले जनाएको छ ।

एक सय मिटर माथिबाट पहिरो खसेको र भूकम्पपछि पुन निर्माण गरिएको घरमा सुतिरहेको दम्पतीलाई पुरेको प्रहरीले जनाएको छ ।

प्रहरी टोली र स्थानीयले दुवैको शव बाहिर निकालेको स्थानीय प्रशासनले जनाएको छ ।

रातिको समयमा पहिरो गएको र तत्काल थाहा नहुँदा घण्टौँ च्यापिएर वृद्ध दम्पतीको मृत्यू भएको हुन सक्ने अनुमान स्थानीयको छ । घरमा दुई जना वृद्ध दम्पती मात्रै बस्दै आएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);