अबिरल बर्षाका कारण स्याङ्जा गएको पहिरोमा परि एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

अबिरल बर्षाका कारण स्याङ्जा गएको पहिरोमा परि एक जनाको मृत्यु

स्याङजा । गल्याङ नगरपालिका–१ राम्दीमा आइतबार दिउँसो घर माथिबाट ठूला ढुङ्गासहित आएको पहिरोले घर पुरिँदा वालिङ नगरपालिका–१४ की ४० वर्षीया धनमाया उम्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीकाअनुसार गुल्मीको छत्रकोट–५ की लक्ष्मी बस्नेतले सञ्चालन गर्दै आएको होटलमा बसेका बेला माथिबाट आएको पहिरोले पुरिएर उम्राको मृत्यु भएको हो । कालीगण्डकी नदीको किनारमा रहेको उक्त स्थान धार्मिक महत्वको क्षेत्र भएकाले टाढा–टाढाबाट त्यहाँ दर्शनका लागि पुग्ने गरेका छन् ।

उम्रा पनि पूजाआजाका लागि राम्दीमा आएको स्थानीय ले बताएका छन् । यस्तै होटलमा नै बसेका अन्य तीन जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोमा पुरिएर होटल सञ्चालक ३७ वर्षीया लक्ष्मी बस्नेत, रुपन्देही सैनामैना १ का १६ वर्षीय शिशिर योगी र भिरकोट नगरपालिका ५ का ३४ वर्षीय नारायण तिवारी घाइते भएका हुन् । पहिरोले होटल, स्थानीयवासी दीपेन्द्र श्रेष्ठ र सीता परियारको घरमा क्षति पुर्याएको छ भने अर्काे एक घरमा सामान्य क्षति पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);