स्याङ्जा पहिरो : एकै घरका ९ जनाको मृत्यु, एकको उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

स्याङ्जा पहिरो : एकै घरका ९ जनाको मृत्यु, एकको उद्धार

jalbidhyut pahiro

स्याङ्जा, ८ असोज । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले पुरिएर एकै घरका ९ जनाको मृत्यु भएको छ । आज बिहान गएको पहिरोले माया नेपालीको घर पुरिएर ९ जनाको मृत्यु भएको छ भने १ जनाको जिवितै उद्धार गरिएको हो ।

घट्नास्थलबाट १६ वर्षीया मनिषा नेपालीको जिवित उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनु भयो । मनिषालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले जनाएको छ ।

पहिरोले पुरिएर २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया स्यानी नेपाली र ९ वर्षीय बालक विवश नेपाली, १४ वर्षीय शिशिर नेपाली र १९ वर्षीया विनिता नेपाली, २२ वर्षीय कुलदीप नेपाली र ५ महिनाको बच्चा कबिर नेपालीको मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);