पोखरामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पोखरामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

असिम पौडेल,

कास्की । केही दिन देखिको अविरल वर्षाका कारण पोखरामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं – ११ भञ्ज्याङ नमुना टोलका एक जना र पोखरा महानगरपालिका वडा नं – २० भलामका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

भलामका कृष्ण श्रेष्ठको एकतले घर पहिरोमा पुरिंदा ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको मृत्यु भएको हो । उनीहरुका तीन वर्षीय छोरा बेपत्ता छन् ।

त्यसैगरी नमूना टोलका लक्ष्य नेपालीको घर पहिरोले पुरिँदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । उनकी १४ बर्षिया छोरी सृष्टी नेपाली घाइते भएकी छन् ।यस्तै पोखरा– ११ बसेरीका एकदेब तिमिल्सिनाको घर पुरिँदा तीन जना घाइते भएका छन् ।

अझै केही दिन वर्षाको सम्भावना रहेकोले सबै सुरक्षित रहन र विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट समेत सुरक्षित रहन हमालले आग्रह गरेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);