गुल्मीमा पहिरो जाँदा ६ को मृत्यु, २ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

गुल्मीमा पहिरो जाँदा ६ को मृत्यु, २ जना घाइते

pahiro

गुल्मी, ७ साउन । जिल्लाको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् । जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको छ । त्यस्तै, सोही गाउँपालिका वडा नम्बर ४ को लिम्घामा पहिरो जाँदा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकले ज्यान गुमाएको हो ।

गएरातिदेखि परेको अविरल वर्षाले सुतिरहेको अवस्थामा घर पुरिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवती–४ कि १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामु घाइते भएका छन् ।

स्याङ्जाको सीमामा पर्ने घटनास्थलमा उद्धार तथा राहतका लागि पुग्न कठिन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । वर्षा र पहिरोका कारण अहिलेसम्म घटनास्थलमा सुरक्षाकर्मी पुग्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);