गुल्मीको पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो, दुई सय घर जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

गुल्मीको पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो, दुई सय घर जोखिममा

pahiro gulmi

काठमाडौं, ८ साउन । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ भने दुई जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडाका तीन घर पहिरोले पुरिँदा ११ जनाको मृत्यु भएको हो ।

सत्यवति गाउँपालिकाको लिम्घामा आठ जनाको र ठूलो लुम्पेकमा दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको थियो भने एक जना पहिरोबाट बच्न भाग्ने क्रममा मृत्यु भएको हो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ ।

पहिरोमा परेर मृत्यु हुनेहरूमा ६५ वर्षीया छल्ली बिक, २८ वर्षीया कम्बु बिक, २५ वर्षीय निर्मला बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, ७ वर्षीइ शिवानी बिकको शव बहिर निकालिएको प्रहरी जनाएको छ । त्यस्तै सोही गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडामा पहिरोमा पुरिएर ३२ वर्षिय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ दुर्गाबहादुर सिंजाली मृत्यु भएको हो ।

पहिरोमा ८ वर्षीया तारा बिक ६ वर्षीय सुमन बिकको सब निकाल्ने कार्य जारी रहेको छ । एक जना वालक सन्दीप बिक मावली घरमा गएकाले जिबितै रहेका छन् । ठूलोलुम्पेमा रुद्र बिकको घर पहिरोले पुरेकोे छ । पहिरोमा घर पुरिदा ४० वर्षीय मायाँ बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् । पहिरोमा पुरिएर दुई जना घाइते भएका छन् ।

सत्यवति–४ का १० वर्षीय करिश्मा त्रामु र १३ वर्षीय धनि त्रामु घाइते भएको प्रहरीले जनाएको छ । गएराती देखि परेको अबिल वर्षाले घरमाथिबाट पहिरो जँदा घरमा सुति रहेकाहरूको मृत्यु भएको हो ।

उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रामयमाझी सहितको टोली घटना स्थलल पुगेर उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । पहिरो प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वस्थ्य टोली पनि पुगेको छ । जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले उद्धार र राहतमा जुटने निर्णय गरेको छ । ठूलो पहरो भएकाले मृत्यु हुनेहरुको संख्या बृद्धि हुनसक्ने बताइएको छ ।

वर्षातका कारण ठूलो लुम्पेकको करिब दुई सय घर जोखिममा रहेको छ । सिङ्गो गाउँ नै पहिरोको प्रभावित रहेकाले संख्याको आकंलन गर्न नसकिने अबस्था छ । पहिरो प्रभावित क्षेत्रमा जिल्लाबाट रेडक्रम, जिल्ला समन्वय समिति, नेकपाका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरु उद्धारको लागि खटिएका छन् । घटना स्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्व तर्फ पर्दछ । घटना स्थल पुग्न करिब तीन घण्टा लाग्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);